शिवानी सिंह थारु सञ्चारकर्मी हुन् । नेपाल टेलिभिजनको कार्यक्रम 'मेरो गीत मेरो सन्देश' र 'मूल्याङ्कन'की प्रस्तोता रहिसकेकी उनले बिबिसीको रेडियो नाटक 'कथा मीठो सारङ्गीको'मा लेखक र निर्देशकका रुपमा काम गरेकी छिन् । बिबिसीकै रेडियो नाटक 'कथामाला'को लेखन र कथावाचन पनि गरेकी छिन् । उनले लेखेको नाटक 'भर्चुअल रियालिटी' भारतको नेसनल स्कुल अफ ड्रामाको नवौं नाट्य महोत्सवमा नेपालको एक्टर्स स्टुडियोले मञ्चन गरिसकेको छ । 'काठमाडौंमा एक दिन' उनको पहिलो उपन्यास हो ।