पत्रकार रमेश भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियन, द फाइनान्सियल टाइम्स, द थर्ड पोल, द वायर, स्क्रललगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन् । नेपालका मुख्य नदी कोसी, गण्डकी र कर्नालीको शिर–पुछार यात्रा गरेका उनले अन्टार्कटिकाबाहेक सबै महादेशबाट जलवायु परिवर्तनलगायत विषयमा रिपोर्टिङ गरेका छन् । वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । 'छालबाटो' उनको पहिलो पुस्तक हो ।