ददि सापकोटा पेसाले पत्रकार, लेखक हुन् । पर्यटकीय क्षेत्रबाट पेसा सुरू गरेका उनी वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन् । हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन् । यसअघि 'पन्छी जगत्', 'त्यो नेपाल र दुखेको युरोप', 'वनको वैभव' लेखेका उनका जीवगाथा 'चौथो पुस्तक' हो ।