कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक 'कर्नाली ब्लुज'को अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका 'फिरफिरे' र 'एक्लो उपन्यास', 'उसले दिएको उमेर' संस्मरण अनि 'बुद्धिसागरका कविता' कवितासङ्ग्रह फाइनप्रिन्टबाटै प्रकाशित छन् ।