डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय बसन्त बस्नेत सटीक विश्लेषण र मिठासपूर्ण भाषाका लागि चिनिन्छन् । नागरिक दैनिक, कान्तिपुर दैनिक, अन्नपूर्णपोस्ट दैनिक, नेपाल साप्ताहिक र शिलापत्र मल्टिमिडिया पोर्टलमा काम गरिसकेका बस्नेत हाल अनलाइनखबरडटकमका सम्पादक छन् । टक शो 'च्या खानु भो?' चलाएका बस्नेतका '७२ को विस्मय' (गैरआख्यान) र 'महाभारा' (उपन्यास) प्रकाशित छन् । उपन्यास 'सिमसारा' उनको तेस्रो कृति हो ।