-
Sarat Chandra Wasti
Hamro Bhasha
by: Sarat Chandra Wastiहिज्जेमा मात्र शुद्धाशुद्धि देख्ने परम्परित साँघुरो सोचलाई यसले नयाँ क्षितिज देखाएको छ । प्रचलित नेपाली भाषाको प्रायोगिकीका पक्षमा लेखिएको हालसम्म उपलब्ध यो नै एउटा उदाहरणीय पुस्तक हो । यसले नेपाली भाषाको पठनपाठनका सम्बन्धमा प्रचलित शास्त्रीय र पाठ्यव्रmमीय पद्धतिलाई समेत झकझक्याउने काम गरेको छ र त्यसका लागि वैकल्पिक बाटो देखाउन खोजेको छ ।
यसमा नेपाली भाषाको उपयुक्त प्रयोग गर्ने युक्तिहरु प्रत्यक्ष र सरल ढंगमा बुझाउने प्रयास गरिएको छ । निराकरण एवं निदानको प्रव्रिmयाबाट अघि बढेको यो पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारी, पदाधिकारी, लेखक लगायत सबै खालका प्रयोगकर्ताका लागि अत्यन्त उपयोगी हुन्छ ।
नेपाली भाषाको शुद्धता, स्पष्टता र सरलताका पक्षधर शरच्चन्द्र वस्ती स्वतन्त्र सम्पादक एवं भाषाविदका रुपमा परिचित छन् । साढे तीन दशकदेखि प्राध्यापन, पत्रकारिता र भाषा प्रशिक्षणमा संलग्न उनले विभिन्न पत्रपत्रिका तथा टेलिभिजन च्यानलको सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् । दुई दर्जन बाल पुस्तक र चित्रकथा, अखबारी स्तम्भ लेखन र रेडियो÷टीभी श्रृंखलामा उनको कलम प्रवाहित भएको छ । थुप्रै पुस्तकका सम्पादक वस्ती अनुवाद र व्यंग्य लेखनमा समेत रूचि राख्छन् ।
ISBN: 978-9937-665-03-2हिज्जेमा मात्र शुद्धाशुद्धि देख्ने परम्परित साँघुरो सोचलाई यसले नयाँ क्षितिज देखाएको छ । प्रचलित नेपाली भाषाको प्रायोगिकीका पक्षमा लेखिएको हालसम्म उपलब्ध यो नै एउटा उदाहरणीय पुस्तक हो । यसले नेपाली भाषाको पठनपाठनका सम्बन्धमा प्रचलित शास्त्रीय र पाठ्यव्रmमीय पद्धतिलाई समेत झकझक्याउने काम गरेको छ र त्यसका लागि वैकल्पिक बाटो देखाउन खोजेको छ ।
यसमा नेपाली भाषाको उपयुक्त प्रयोग गर्ने युक्तिहरु प्रत्यक्ष र सरल ढंगमा बुझाउने प्रयास गरिएको छ । निराकरण एवं निदानको प्रव्रिmयाबाट अघि बढेको यो पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारी, पदाधिकारी, लेखक लगायत सबै खालका प्रयोगकर्ताका लागि अत्यन्त उपयोगी हुन्छ ।
नेपाली भाषाको शुद्धता, स्पष्टता र सरलताका पक्षधर शरच्चन्द्र वस्ती स्वतन्त्र सम्पादक एवं भाषाविदका रुपमा परिचित छन् । साढे तीन दशकदेखि प्राध्यापन, पत्रकारिता र भाषा प्रशिक्षणमा संलग्न उनले विभिन्न पत्रपत्रिका तथा टेलिभिजन च्यानलको सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् । दुई दर्जन बाल पुस्तक र चित्रकथा, अखबारी स्तम्भ लेखन र रेडियो÷टीभी श्रृंखलामा उनको कलम प्रवाहित भएको छ । थुप्रै पुस्तकका सम्पादक वस्ती अनुवाद र व्यंग्य लेखनमा समेत रूचि राख्छन् ।
ISBN: 978-9937-665-03-2
Publisher: FinePrint
Publish Date:
Page Count: 278
There are no reviews yet.