Shop
  • गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति ।
    पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।

    रविन्द्र भट्टराई सेयर बजार विश्लेषणका ‘पर्याय’ नै मानिन्छन् । अध्ययन, अनुसन्धान र विश्लेषण क्षमताका कारण उनी आफैंले मात्र अरुले पत्याउनै नसक्ने उपलब्धि हासिल गरेका छैनन्, थुप्रैलाई समृद्धि हासिल गर्ने मन्त्र पनि बाँडेका छन् । पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने उनी तालिमकै लागि देशका धेरै जिल्ला पुगेका छन् । भट्टराईका सेयरबारे दस पुस्तक प्रकाशित छन् । व्यवस्थापन सङ्कायको वित्त तथा लगानी विषयका स्नातकोत्तर भट्टराईले त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसमा १३ वर्ष लगानी व्यवस्थापन विषय अध्यापन गराएका थिए ।


  • यस कृतिमा वर्तमान जीवन र यथार्थका सकसहरू कोट्ट्याउने र कोरल्ने खालका अठार कथाहरू सँगालिएका छन् । कथाकार शाहको सरल र सरस तर प्रभावकारी आख्यान रच्ने विशिष्ट शिल्प यस सँगालोका प्रत्येक कथामा विद्यमान छ र यसै वैशिष्ट्यका कारण यो संग्रह नेपाली समसामयिक कथाभण्डारमा एउटा महत्पूर्ण उपलब्धिका रुपमा थपिएको छ ।
    महेश विक्रम शाहका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् ।

  • शसक्त आख्यानकार र निबन्धकार नारायण ढकालका विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रिकामा छापिएको विचारात्मक निवन्धहरूको सँगालो हो । यिनले नेपाली साहित्यको समकालिन अनुहार पहिल्याउन सहयोग पुर्याउँछन् ।

    नारायण ढकाल कवि, निबन्धकार, उपन्यासकार, कथाकार तथा पत्रकार हुन् । उनका १२वटा किताबहरु प्रकाशित छन्, र उनको उपन्यास ‘प्रेतकल्प’ले २०६५ सालको साझा पुरस्कार पाएको थियो ।


    Sokmagna Yatri by: Narayan Dhakal  448.00
  • सोह्र साँझहरु युद्धक्षेत्रको अध्ययन–भ्रमणमा आधारित यात्रासंस्मरण हो । युद्धमा पिल्सिएका मानिस र तिनका परिवारजनको पीडालाई यस पुस्तकले आफ्नो विषयक्षेत्रभित्र पारेको छ । त्यस्तो गम्भीर विषयलाई सरल, सरस र कलात्मक ढाँचामा प्रस्तुत गर्नु पुस्तकको विशेषता हो । प्रवाहपूर्ण भाषामा लेखिएको यस पुस्तकले एउटा सुन्दर औपन्यासिक कृतिले जस्तै पाठकलाई निरन्तर तानिरहन्छ । पढ्न थालेपछि पढिसक्ने हुटहुटी निर्माण गर्नु पुस्तकको शैलीगत सफलता हो । अन्तरवस्तुको दृष्टिले चाहिँ सामाजिक इतिहासको एउटा अभिलेख तयार गर्नुमा पुस्तकको मूल्यवत्ता निहित छ । पुस्तकमा त्यस्तो मूल्यवत्ता युद्धका विकराल क्षति अवलोकनबाट निर्मित भएको छ । अझ प्रस्तुत कृतिको मूल्यवत्ता नेपाली समाजले खोजिरहेको न्यायपूर्ण परिवर्तन र त्यसपछि स्थापित हुनुपर्ने कार्यसूचीको संकेततर्फ सिधै गाँसिएको छ । पुस्तकहरू जलाएको प्रतिक्रियामा लेखकले व्यक्त गरेका तिखा टिप्पणीले सांस्कृतिक परिष्कारको त्यही फाँटतर्फ संकेत गर्छन् । – नारायण ढकाल


  • यस उपन्यासले जनताको सङ्घर्षपूर्ण जीवनको कथा मात्र भनेको छैन, यसले सीमान्त तहका जनतामा जीवित मानवीय संवेदनालाई सर्वाधिक उचाइ र महŒव दिएको छ । आञ्चलिक र प्रचलित अङ्ग्रेजी शब्दलाई समेत स्वाभाविक ढङ्गले मिसाउँदै लेखिएको यस उपन्यासले जनआन्दोलन २०४६ पछिको राजनीतिक कुरुपता राम्ररी उदाङ्गो पारिदिएको छ ।
    ‘उलार’को भाषा विशेष मीठो छ । पात्रहरू नेपालगञ्जको स्थानीय भाषा बोल्छन् तर पाठक प्रायः नेपाली मात्र बुझ्छन् भन्ने समस्यालाई लेखक पाण्डेले सहजसँग समाधान गरेका छन् — यी दुई भाषा र सामान्यतया प्रचलित अंग्रेजी शब्दहरूलाई स्वभाविक ढंगले मिसाएर । त्यसैले पात्रहरूका अभिव्यक्तीलाई क्लिष्ट ‘साहित्यिक’ भाषाले कतै ढाक्न पाएको छैन । र प्रेमललवाको दुनियाँ, उसका भित्री चिन्तन र बाहिरी यथार्थहरू सजीवसँग चित्रण गरिएका छन् । – मन्जुश्री थापा
    About the Author
    नयनराज पाण्डे अब्बल उपन्यासकार र कथाकार हुन् । उनका ‘लू’, र ‘घामकीरी’ उपन्यास, तथा ‘चकलेट’ कथा संग्रह प्रकाशित छन् ।

    Ullar by: Nayan Raj Pandey  150.00
  • जीवनको बहुमूल्य उपहार हो मित्रता ।
    यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।
    तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।
    संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका “ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?

    Yaar by: Nayan Raj Pandey  475.00