Shop
  • कुनै पनि आवरणका द्वन्द्व, युद्ध, क्रान्ति वा सशस्त्र आन्दोलन — सबैले राजनीतिक परिवर्तन नल्याउन सक्छन् । तर हरेक द्वन्द्वले घरहरू भत्काउँछ । कोही एक्लो हुन्छ, कसैले बा गुमाउँछ, कसैले आमा, कसैले छोरा त कसैले छोरी । जे होस्, कसैले अभीष्ट पूरा
    गर्दागर्दै अर्को कसैले ‘घर’ हराउँछ । यसरी घर हराएका मानिसको नयाँ ‘घर’ कोपिला आश्रम र त्यसका सञ्चालक हरिरामजीको सफलताको कथा हो यो । कोपिला आश्रम अरु केही नभएर टुहुरा बालबालिकालाई आश्रय दिने नाममा पश्चिमा मुलुकतिर पठाउने संस्था हो । कथाको केन्द्रमा छन् हरेरामजी, जो थोरबहुत शिक्षित र खराब पृष्ठभूमिका छन् । कोपिला आश्रममा ल्याइएर विदेश पठाइएका हरेक बालबालिकाको उनी अभिलेख राख्छन्, जसबाट हामी ति बालबालिका कसरी टुहुरा भए भन्ने पूर्वकथा थाहा पाउन सक्छौं ।

    गङ्गालाल ह्दय केन्द्रसँग आबद्ध रामेश कोइराला मुटु विशेषज्ञ हुन् । उनको संस्मरण ‘आमाको मुटु’ यसअघि प्रकाशित भइसकेको छ ।


    Browse Wishlist
    Kopila Ashram by: Raamesh Koirala  398.00
  • गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति ।
    पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।
    रविन्द्र भट्टराई सेयर बजार विश्लेषणका ‘पर्याय’ नै मानिन्छन् । अध्ययन, अनुसन्धान र विश्लेषण क्षमताका कारण उनी आफैंले मात्र अरुले पत्याउनै नसक्ने उपलब्धि हासिल गरेका छैनन्, थुप्रैलाई समृद्धि हासिल गर्ने मन्त्र पनि बाँडेका छन् । पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने उनी तालिमकै लागि देशका धेरै जिल्ला पुगेका छन् । भट्टराईका सेयरबारे दस पुस्तक प्रकाशित छन् । व्यवस्थापन सङ्कायको वित्त तथा लगानी विषयका स्नातकोत्तर भट्टराईले त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसमा १३ वर्ष लगानी व्यवस्थापन विषय अध्यापन गराएका थिए ।


    Browse Wishlist
  • लू नयनराज पाण्डेको पाँचौं उपन्यास हो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यानकृतिमा यस युगको क्रूरता र संवेदना मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृतिमा उजागर भएको छ ।
    यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।
    लू नेपालको दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख–कथा हो ।
    नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र सात उपन्यास प्रकाशित छन् ।

    Browse Wishlist
    Loo by: Nayan Raj Pandey  260.00
  • असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डो¥याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छ— दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।


    Browse Wishlist
    Mahako Ma by:  576.00
  • अमेरिकाको केलग स्कुुलबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका जोन उडले सन् १९९१ मा माइक्रोसफ्टमा आबद्ध हुनुअघि केही वर्ष ब्यांकमा काम गरेका थिए । कडा परिश्रम र दृढ संकल्पका कारण उनी अति छिटो अगाडि बढे र समुद्रपार अस्ट्रेलिया र चीनमा राम्रो कामको जिम्मा पाए । विशाल चीन क्षेत्रका लागि माइक्रोसफ्टको व्यापार विकास निर्देशकका रूपमा काम गर्दैगर्दा उडले आफ्नो जीवनको उद्देश्य बदले र बालबालिकालाई गरिबीको चक्रबाट बाहिर ल्याउन उनीहरूलाई आजीवन शिक्षाको उपहार दिने निर्णय गरे । सन् २००० देखि उनले नेपाल, भारत, श्रीलंका, कम्बोडिया, लाओस, भियतनाम र अफ्रिकामा साक्षरता वृद्धि गर्ने उद्देश्यले रूम टु रिड नामक नाफा नकमाउने संस्था स्थापना गरे ।
    ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ आफ्नो व्यवस्थापन निपुणता र उद्यमशील उत्साहको अर्थपूर्ण निकासको खोज गर्ने जोन उडकोे संघर्षको वृत्तान्त हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीबाट सिकेको पाठलाई आधारभूत शिक्षाको समस्या हटाउन प्रयोग गर्न सकिन्छ भनेर उड सजीव, भावनात्मक र मग्न तुल्याउने कथा बुन्छन् माइक्रोसफ्टदेखि बाहुनडाँडासम्ममा । जीवनमा ठूलो सफलता प्राप्त गरेका मानिस जो आफूले पाएको केही चीज अरूलाई दिँदा जीवन कस्तो हुँदो हो भनी घोत्लिन्छन्, तिनका लागि यो कथा साँच्चीकै प्रेरणा–गाथा हुन सक्छ ।

    जोन उड अन्तर्राष्ट्रिय संस्था ‘रिड’का प्रमुख कार्यकारी निर्देशक हुन् । ‘रिड’ खोल्नुअघि उनी माइक्रोसफ्ट कम्पनीमा कार्यरत थिए ।


    Browse Wishlist
  • एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो— मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको नाम धारण गरेर अरु कसैले नै उसको जागिर खाइरहेको छ । त्यसपछि सुरु हुन्छ उसको लडाइँ— आफूले पाउनु पर्ने जागिर, आफ्नो नाम र प्रमाणपत्रको अधिकारको लडाइँ । यस लडाइँमा के ऊ सफल हुन्छ ?
    सन् २००६ मा प्रकाशित मोहनदासका लागि उदय प्रकाशले भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । थुप्रै भाषामा अनूदित उनको यस लघुउपन्यासमाथि चलचित्र पनि बनेको छ ।

    Browse Wishlist
    Mohandas by: Uday Prakash  222.00
  • सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु । यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थें, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् । नाच्न पनि को–को आएनन् मेरो मनमा ! मानौं, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो । तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा–अधुरा । आआफ्नो भाग्यको कुरा ।


    Browse Wishlist
    Monsoon by:  318.00
  • समाज व्यवस्थाको पिँधमा रहेका
    मानिसका कथा, जसले तपाईंको दिमागलाई
    झङ्कृत पारिदिन्छन् ।
    बाल्यकालको सुखद स्मृति र वयस्क शहरको डरलाग्दो वर्तमानका कथा ।

    Nail Cutter by:  220.00
  • वसन्तले एकदिन अचानक खबर पाउँछ, उसको गाउँको पुरानो घर भत्किँदैछ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ ।
    र, सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र, ‘पोस्टकार्ड युग’को रोमान्चक गाथा ।
    फिरफिरे बुद्धिसागरको दोस्रो उपन्यास हो । अत्यन्तै सरल, सहज र आकर्षक भाषामा उनले नेपाली समाजको एउटा जटिल पाटोलाई उधिन्ने कोसिस गरेका छन् । उनले हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । र, जीवनमा स्मृतिको महङ्खव कति हुन्छ भनेर बताउने कोसिस पनि गरेका छन् ।

    Browse Wishlist
    Phirphire by: Buddhisagar  542.00
  • लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरु सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरुले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक । अढाई दशकदेखि पत्रकारितामा संलग्न हरिबहादुर थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरूद्ध सार्थक कलम चलाउने गर्छन् । उनका भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र र दलीय द्वन्द्व तथा अङ्ग्रेजीमा एनाटोमी अफ करप्सन जस्ता कृति प्रकाशित छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक थापा संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्षसमेत हुन् ।


    Browse Wishlist
    Rajgaj by:  488.00