Showing 31–40 of 60 results
गाउँबाट सहर–दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक–राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याइँ र चतु¥याइँ, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ— समकालीन राजनीतिमाझैं उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास ‘एचटूओ’ हो, जसमा ‘एच–हास्य’ दुई र ‘ओ–ओखती’ एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ । सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।
नेपाली आख्यान साहित्यको कथा क्षेत्रमा अविचल उभिएका महेशविक्रम शाहका कथामा नेपाली सामाजिक–सांस्कृतिक चित्र, आञ्चलिक स्वाद, ग्रामीण द्वन्द्वको घाउ झल्किन्छ । सटाहा सङ्ग्रहमार्फत नेपाली कथासाहित्यमा उदाएका शाहका ‘सिपाहीकी स्वास्नी’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’े र ‘काठमाडौंमा कामरेड’ कथासङ्ग्रहमा नेपाली माटो तथा विदेशी पृष्ठभूमिका कथाहरु समेटिएका छन् । तर उनको छैटौं कथासङ्ग्रह ज्याक्सन हाइटले भने अलि फरक स्वाद दिएको छ पाठकलाई । सङ्ग्रहका सबै कथाको सिर्जनभूमि विदेशी परिवेश भए पनि नेपाली डायस्पोरामा आधारित उनका हरेक कथामा कुनै न कुनै रुपमा नेपाली मनका दुःख, वेदना र पीडाहरु समेटिएका छन् । ‘ज्याक्सन हाइट’मार्पmत विदेशमा रहेका नेपालीको धुकधुकी छाम्न पुगेका शाहले नेपाली मन र विदेशी पृष्ठभूमिलाई राम्ररी सम्बोधन गरेका छन् ।
महेश विक्रम शाह कथाकार तथा प्रहरी अधिकृत हुन् । उनका ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् ।
शरीर, मन र आत्मा मिलेर बन्छ— जिन्दगी । यी तङ्खवका आआफ्नै लक्ष्य छन् । शरीरको लक्ष्य हो, सुख । मनको शान्ति अनि आत्माको आनन्द । शरीरको सुख, मनको शान्ति र आत्माको आनन्द— यी तीन पुँजी जीवनरुपी त्रिवेणीमा कुनै व्यक्ति समाहित हुन पाए उसले सत्यं शिवं सुन्दरम्को ।।।माल’ पाउँछ; सत्–चित्–आनन्दको ।।।माला’ लगाउँछ । अर्थात् उसको जिन्दगी साँच्चिकै ।।।मालामाल’ हुन्छ । यही मालामाल जिन्दगी नै रिल्याक्स जिन्दगी हो । अर्थात् भित्र आनन्दले भरिपूर्ण र बाहिरबाट सुन्दर जिन्दगी ।
“मान्छेले जे बाँच्यो त्यो जीवन होइन, बरू यसबारे अरुलाई के बताइन्छ, कसरी बताइन्छ भन्ने चाहिँ जीवन हो ।” गाब्रियल गार्सिया मार्खेजको यो बोली मानसिकतामा टाँसेर आफ्नो अतीत, आ फ्नो कथालाई कलात्मक शैलीमा वर्णन गरेकी छ उपन्यासकी प्रमुख पात्र कायाले । सिद्धान्त र वादहरुका सस्त्र नभिरेकी कायाजस्ती काँतर नारीको पनि बेजोड कथा हुँदोरैछ । उसले चट्टानजस्तो हैन पानीजस्तो जीवन भोगी । परिस्थिति र परिबन्दले जस्तो जस्तो भाँडोमा राखे, त्यस्तै त्यस्तै आकार बनिदिई । प्रेमका लागि धेरै सङ्घर्ष गरी । तर उसलाई प्रेमले सधैं धोका दिइरह्यो, नियतिले सधैं हराइरह्यो । त्यही हारको कथा हो— कायाकल्प ।
त्रिवि शिक्षण अस्पतालकी स्टाफ नर्स कल्पना बान्तवाका कथा, कविता, निबन्ध तथा संस्मरण कान्तिपुर, नागरिक आदि अखबारमा प्रकाशित छन् । ‘कायाकल्प’ उनको पहिलो उपन्यास हो ।
“डरसित भिड, बाँच त आँखा फारेर । जहाँ नजर थोडै झुकिगो त सम्झ, तिम्रो खून सफेद भइहाल्यो । याद राख्नू, डरले तिमीलाई पूरा मान्छे हुनबाट रोक्छ ।”
०६४ भदौ १० मा बम विस्फोट गर्ने उद्देश्यले घुर्ना राम अर्थात् ‘प्यान्थर’ काठमाडौं आउँछ । मधेस जनतान्त्रिक सेना र दलित प्यान्थर मोर्चाको सहकार्यमा हुने यो विस्फोट विगतका भन्दा भयानक हुँदै छ ।
तर जुन उद्देश्यका लागि घुर्नाले यत्रो जोखिम लिँदै छ, त्यसको परिणाम भोग्न ऊ साँच्चै तयार छ ? जोसँग मिलेर ऊ बम वस्फोट गर्न जाँदै छ, के उनीहरुमा पूरै भर पर्न सक्छ ?
बम विस्फोटको योजना जतिजति अघि बढ्छ, घुर्ना रामदेखि ‘प्यान्थर’सम्मको रुपान्तरणका पत्र एकएक खुल्दै आउँछन् । तर उसलाई थाहा छैन, भविष्यतिर अघि बढिराखेका पाइलालाई आनै विगतले पछ्याउँदै आइराखेको । बम विस्फोटको दिन घुर्नाको जिन्दगीको नयाँ सुरुवात हुनेछ वा अन्तिम ?
काठमाडौंमा एक दिन त्यही दिनको कथा हो ।
दुईचार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने, अनि श्रीमतीको पेटमा हुर्कंदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्कने— नजिबको सपना यत्ति हो । खाडी जाने उसको सपना पूरा त हुन्छ, तर दुर्भाग्यले उसलाई पुर्याउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यहीँ सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिकी । आफ्नो घरगाउँ, परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाख्रालाई आफन्त मान्नु उसको नियति बन्छ । अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा । नजिबको जीवन–प्रेम, ईश्वर–आस्था र आत्मविश्वास झिनामसिना ठक्करमा पनि हरेस खानेहरुका लागि प्रेरणा हुन सक्छ ।