Showing 11–20 of 60 results
Written in a reflective style, this travelogue takes readers on a journey to Mansarovar, a holy pilgrimage site, through Simikot and Kalikot, through pine forests and mountain passes. Reading this travel account, one is tempted to pack one’s bag and embark on a journey following on the footsteps of the writer.
Bhisma Uprety has published over a dozen books of poetry and essays. He has received the Uttam Shanti Award, the Yuwa Varsha Moti Award and the first prize in the National Poetry Festival organized by the Nepal Academy. A member of the Nepal Chapter of PEN International, Bhisma works at the Central Bank of Nepal.
नेपालका सुदूर ग्रामीण भेगबाट सुरु भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन र न्युयोर्क जस्ता ‘कस्मोपोलिटन’ सहरसम्म पुगिसकेको छ । चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशका जातीय युद्धका कारण विस्थापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तङ्खव मानवीय संवेदना हो । कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतूहलपूर्ण कथानकका लागि चिनिन्छन् ।
विस्फोट हुन नसकेका लावा धर्तीको गर्भमा सल्बलाइरहेझैं समाजको गर्भमा सल्बलाइरहेका हुन्छन् आन्दोलनहरु । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । वर्षेनी सरकारले घर जलाएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन । अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरुका कथा कहन्छ, जुन हाम्रो समाज रुपान्तरणका कथा पनि हुन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि लेखकले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ९ हजारभन्दा धेरै पीडितलाई उपचार गरेका थिए । विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा प्रदान गरेका थिए । त्यस क्रममा आफूले देखेका, सुनेका, गरेका तथा भोगेका कारुणिक अनुभूति तथा आशाको आगतलाई सजीव ढङ्गले लिपिबद्ध गरेका छन् लेखकले, यस पुस्तकमा । भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण हो, भूकम्पमा मल्हमपट्टी । जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीर लघुकथा विधाका सशक्त हस्ताक्षर हुन् । ‘तेस्रो आँखा’ (२०५३), ‘पोस्टमार्टम’ (२०६२), ‘विकिरण’ (२०६३), ‘ईश्वरका कथा’ (२०६५), ‘अर्जुनदृष्टि’ (२०६७), ‘अणु र पहाड’ (२०६९), ‘व्यङ्गम् शरणं गच्छामि’ (२०७०) र ‘एकलव्य दृष्टि’ (२०७१) गरी उनका ८ ओटा लघुकथासङ्ग्रह प्रकाशित छन् । यसबाहेक समीरका ‘चाँदीको घेरा’ (मुक्तकसङ्ग्रह, २०६२) तथा ‘ग्रेटवालको ग्रेट अनुभूति’ (नियात्रासङ्ग्रह २०६६) पनि प्रकाशित छन् । समीरले पद्मश्री साहित्य पुरस्कार, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत करिब दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।
भूमिमा आधारित किसान र राज्यबीच सम्बन्धका अनेक नेटो र घुम्तीको सजीव चित्र यस पुस्तकमा प्रस्तुत गरिएको छ । यसमा राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरूङ जस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेका परिवर्तनबारे समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा तयार पारिएको रिपोर्ताजका साथै बिर्ताप्रथा र गुठीप्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानका पीडाको जीवन्त चित्रण पाइन्छ ।
६६ वर्षयता नेपालमा भूमि सुधारका नाममा भएगरेका काम, नेपालको अर्थ–राजनीतिक इतिहास र वर्तमानबारे कहिले इतिहास लेखनको शैली त कहिले आख्यान लेखनको शैली अपनाएर तयार पारिएको यो पुस्तक आदिवासी समुदाय र राज्यबीचको सम्बन्ध तथा भूमि, किसान र राज्यबीचका सम्बन्धको इतिहास जान्न चाहनेका लागि उपयोगी हुनेछ ।
उपन्यास होस् या गजल, नाटक होस् या कविता, संस्मरण होस् या निबन्ध— सबै विधामा उनले हात चलाएका छन् । नेपाली विज्ञान कथा फाँटको त उनी एक्ला नक्षत्र हुन् । पुस्तकमा संगृहीत उनका कथा स्वैरकल्पना, गहन अन्तर्दृष्टिले समृद्ध बनेका छन् । तिनले पाठकलाई विचित्रको वैज्ञानिक, स्वैरकाल्पनिक संसारमा लैजान्छन्, विज्ञानले ल्याएका चरम उन्नति र विसंगतिका कुरा उठाउँछन् । यथार्थिक आख्यानमात्र पढ्न बाध्य नेपाली साहित्यका पाठकले यी कथामा छुट्टै स्वाद पाउनेछन् ।
‘पागलबस्ती’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका सरुभक्त समकालीन नेपाली साहित्यिक वृत्तका उत्कृष्ट साहित्यकार हुन् ।
वृषभ वध काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको पचास वर्षअघिको कथा हो । उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीयदेखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफूअनुकूल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा रोचक वर्णन छ । दुई परिवारको आपसी टकराव र तिक्ततापछि उब्जने राजनीतिक दाउपेचको पनि कथा हो यो ।
सुपरिचित आख्यानकार नारायण ढकालको कविता, निबन्ध र माक्र्सवादी सौन्दर्यशास्त्रमा समेत दख्खल छ । उनी राजनीतिक टिप्पणीकारका रुपमा पनि चर्चित छन् । यसअघि उनका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । उनका निबन्ध सङ्ग्रह शोकमग्न यात्री र कथा सङ्ग्रह इन्द्रजाल फाइनप्रिन्टबाट प्रकाशित छन् ।
नेपाल, चीन र तिब्बत सम्बन्धको ऐतिहासिक दस्ताबेज हो, चीन, तिब्बत र नेपाल । पुस्तकमा लेखकले तिब्बत एवम् चीनसँग नेपालका कुटनीतिक सम्बन्धका विषय मात्र समेटेका छैनन्, यी मुलुकसँग गरिएका सन्धिसम्झौता र युद्धलाई पनि रोचक किसिमले प्रस्तुत गरेका छन् । पुस्तक पढ्दै गर्दा लाग्छ— नेपालको इतिहास गौरवपूर्ण एवम् सङ्घर्षमय थियो । तथ्य र प्रमाणसहित लेखिएको यो पुस्तक इतिहासबारे रुचि राख्नेहरुका लागि ‘सञ्जीवनी बुटी’ सावित हुन सक्छ ।