Showing 1–10 of 60 results
पृथ्वीनारायण शाहले आफ्नो बल, बुद्धि तथा पराक्रमद्वारा अनेकौं राज्यमा विभक्त पुरानो नेपाल एकीकरण गरी आफ्ना उत्तराधिकारीलाई नासोका रुपमा सुम्पिएका थिए । तर उनको मृत्युपश्चात् नेपालमा घात प्रतिघातका अनेकौं शृङ्खला चलिरहे । शिक्षा, उद्योगधन्दा तथा व्यापार व्यवसाय विस्तार गरी देशका सर्वसाधारण नागरिकलाई सुखसुविधा उपलब्ध गराउँदै जानुको सट्टा देशका तात्कालिक प्रमुख प्रशासकहरु आफ्नो परिवार र भाइबन्धुको सुखसुविधा तथा सत्तामोहमै व्यस्त रहे । फलतः समाज विकासक्रम रोकियो र नेपाल विश्वको एउटा निर्धन राष्ट्रका रुपमा परिणत हुन पुग्यो । घातप्रतिघातका शृङ्खला रोकिऊन्, यस्ता घटना कहिल्यै नदोहोरिऊन् भन्ने उद्देश्यले अब यस्तो कहिल्यै नहोस् प्रकाशन गरिएको थियो । तर इतिहास दोहोरिँदो रहेछ,जुन राजा वीरेन्द्रविक्रम शाहको समूल वंशनाशबाट पनि प्रमाणित भयो ।
नेपालीपनाभित्र अनुहार मेटिँदै गएकाले चिन्दै नचिनिने नदी कामहाप्रवाहमा प्रस्तुत प्रवृत्तिसहित आफ्नो अलग्गै र नित्तान्त नवीन अनुहार लिएर आइरहेका कवि क्षितिजका कविताहरू बौद्धिकताको रमरमरहित सरल, सहज उपमा र रूपक निर्मित विम्बहरूका नवछटाले सिँगारिएका छन् । उनका कवितामा देखिने नेपाली प्रकृति, नेपाली जीवन र नेपाली समाजका विम्बहरू सजिव छन् । संवेगात्मक छन् र भाव प्रबल छन् ।
कवितालाई स्पष्ट दिशा अर्थात एक आदर्शको प्रवक्ताको सट्टा वस्तुगत यथार्थको प्रतिविम्बनका अर्थमा लिँदा यसभन्दा प्रभावकारी ढंगले ज्यादै कम मात्र आजका आफूलाई प्रगतिवादी भन्ने कविले वस्तुयथार्थको जीवन्तताको अंकन गर्न सक्दछ ।
रमेश क्षितिज सशक्त कवि तथा प्रशासक हुन् । उनको ‘घर फर्किरहेको मानिस’ कविता संग्रह प्रकाशित छ ।