Shop
  • पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवाले गरेको उत्सर्गको कथामा आधारित राजनीतिक उपन्यास हो ‘आधा जून’ । २०३६ सालको विद्यार्थी आन्दोलन र तत्कालीन नेकपा मालेको राजनीतिमा संलग्न निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिँधमा परेका सर्वसाधारणले राज्यबाट भोगेको तिरस्कार र अपमान, ग्रामिण समाजमा रहेको शक्तिसम्बन्ध केलाएको छ ।
    इतिहास र स्वैरकल्पनाको दोसाँध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन्त अभिलेख हो ।
    झलक सुवेदी राजनीतिक विश्लेषक तथा मुल्यांकन मासिकका पूर्वसम्पादक हुन् । उनको ‘ब्रिटिश साम्राज्यको नेपाली मोहरा’ पुस्तक प्रकाशित छ ।

    Aadha Joon by: Jhalak Subedi  300.00
  • लेखन शैली भनेको आफ्नै अनुहार हो । खगेन्द्र संग्रौलाको लेखनीमा आफ्नै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुट्याउँछ । झर्रो भाषा र मन छुने शैलीमार्फत उनी हँसाइहँसाइ मानवीय प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन् । यो ‘आफ्नै आँखाको लयमा’मा प्रस्ट देखिन्छ । यसमा जीवन भोगाइका सम्बन्धमा आफ्नै जीवनका केही पाटाहरु, पुराना लेखकहरुको लेखनगत प्रवृत्तिसँग जोडिएर आएको आनीबानी, विदेशयात्रा र लेखक बन्न चाहनेलाई टिप्ससहितको संस्मरणात्मक निबन्धहरु समावेश गरिएका छन् ।
     खगेन्द्र संग्रौला नेपालका सबैभन्दा लोकप्रिय स्तम्भकारहरुमध्ये एक हुन् । समकालीन नेपालको राजनीतिबारे पत्रपत्रिकामा छापिएका उनका कटु विश्लेषणमार्फत उनले धेरै प्रशंसक र आलोचकसमेत कमाएका छन् । उनी सबल उपन्यासकार र निबन्धकार पनि हुन् । ‘जूनकीरीको संगीत’ र ‘फूलमाया’ उनका उपन्यास हुन् भने ‘घोडा, इश्वर र मेरा बा’, ‘सम्झनाका कुइनेटाहरु’, ‘आफ्नै आँखाको लयमा’ उनका निबन्ध संग्रह हुन् । ‘आफ्नै आँखाको लयमा’को लागि उनले २०६८ सालको पद्मश्री पुरस्कार पाएका छन् ।

  • २०१७ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सैन्य शक्ति प्रयोग गरेर गिरफ्तार गरे । झन्डै आठ वर्षपछि २०२५ कात्तिक १४ का दिन कोइराला कारामुक्त हुनुभयो । स्वास्थ्योपचारको अलमल र यताउतिपछि उहाँले सशस्त्र क्रान्तिको अनिवार्यताको आह्वान गर्नुभयो । त्यस आह्वानको राजनीतिक औचित्य के थियो, त्यो बेग्लै कुरा हो । तर त्यस आह्वानले हरिहर विरही जस्ता भावुक स्वप्नदर्शीलाई क्रान्तिकारी बनायो । त्यस दृष्टिले हरिहर विरहीको यो संस्मरण नेपाली क्रान्ति कथाको एउटा अध्याय हो ।
    मैले यत्तिको वस्तुनिष्ठ संस्मरण पढेको छैन ।

  • विमल निभा नेपाली कविताका सशक्त हस्ताक्षर हुन् । उनका दुईवटा कविता सङ्ग्रह र तीनवटा व्यङ्ग्य सङ्ग्रह प्रकाशित छन् । सर्वप्रथम २०४० सालमा प्रकाशित आगोनेर उभिएको मानिसको यो तेस्रो संस्करण हो ।


    Aagoner Ubhiako Manis by:  250.00
  • अत्यन्त स्वाभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायामा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न अभिशप्त एक आमाको मर्मान्तक कथा हो यो । लेखककी आमाको मुुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो यो कृति । उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेका रुपान्तरणका आयामहरु, प्राप्ति र पीडाको जीवन्त अभिलेख हो आमाको मुटु ।
    रामेश कोइराला मुटुरोग विशेषज्ञ हुन् । उनको ‘कोपिला आश्रम’ उपन्यास प्रकाशित छ ।

    Aamako Mutu by: Ramesh Koirala  275.00
  • महेशविक्रम शाह कथामार्फत यथार्थको अद्भुत र अविस्मरणीय धरातल निर्माण गर्ने यथार्थवादी कथाकार हुन् । उनी हरेक दुःखलाई नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न, हेर्न र छाम्न सक्छन् । अनि त्यही जीवन्ततालाई पाठकसमक्ष प्रस्तुत गर्न सक्छन् । आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन प्रस्ट सुनिन्छ । उनका कथामा सरल र सहज शैली तथा त्यसबाट उजागर हुने कलात्मक सौन्दर्यको लोभलाग्दो बान्कीले सिर्जनात्मक प्रबलता पाइन्छ । ‘छापामारको छोरो’ कथासङ्ग्रहका लागि २०६३ को मदन पुरस्कार पाएका शाह वर्तमानका सशक्त हस्ताक्षर हुन् ।

  • नेपालीपनाभित्र अनुहार मेटिँदै गएकाले चिन्दै नचिनिने नदी कामहाप्रवाहमा प्रस्तुत प्रवृत्तिसहित आफ्नो अलग्गै र नित्तान्त नवीन अनुहार लिएर आइरहेका कवि क्षितिजका कविताहरू बौद्धिकताको रमरमरहित सरल, सहज उपमा र रूपक निर्मित विम्बहरूका नवछटाले सिँगारिएका छन् । उनका कवितामा देखिने नेपाली प्रकृति, नेपाली जीवन र नेपाली समाजका विम्बहरू सजिव छन् । संवेगात्मक छन् र भाव प्रबल छन् ।
    कवितालाई स्पष्ट दिशा अर्थात एक आदर्शको प्रवक्ताको सट्टा वस्तुगत यथार्थको प्रतिविम्बनका अर्थमा लिँदा यसभन्दा प्रभावकारी ढंगले ज्यादै कम मात्र आजका आफूलाई प्रगतिवादी भन्ने कविले वस्तुयथार्थको जीवन्तताको अंकन गर्न सक्दछ ।

    रमेश क्षितिज सशक्त कवि तथा प्रशासक हुन् । उनको ‘घर फर्किरहेको मानिस’ कविता संग्रह प्रकाशित छ ।


  • बदलिँदो नेपाली समाज परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो । यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार र व्यक्तिबीचका सम्बन्ध, सङ्घर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे माक्र्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो विश्लेषण गरिएको छ । यस पुस्तकमार्पmत नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ ।
    चैतन्य मिश्र नेपालका अगुवा समाजशास्त्री तथा प्राध्यापक हुन् । मौलिक, आलोचनात्मक र अद्यावधिक सोचाइ एवम् लेखाइका लागि समाजशास्त्रीय क्षेत्रमा मिश्रजति उचाइ पाएका नेपाली चिन्तक कमै छन् । मिश्र नेपालमा विकसित भइरहेको विशिष्ट चरित्रको पुँजीवादबारे माक्र्सवादी दृष्टिकोणबाट खोज र विश्लेषण गर्दै आएका छन् ।

  • जिउनलाई साना–ठूला संघर्ष गर्ने मानिसका झैं मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका । सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका । जीतका र हारका । जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन् । कहिलेकाहीँ चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन् । हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन् । जीवनका यिनै झिना–मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिँदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन् । इँटमाथि इँट खप्टिँदै विशाल महल बनेजस्तै । जीवनका यस्तैयस्तै झिना–मसिना कथाहरुको सङ्ग्रह हो ‘बाल्यकालका पदचापहरू’ ।
    स्तम्भकार, उपन्यासकार र निबन्धकार खगेन्द्र संग्रौलाका ‘जूनकीरीको सङ्गीत’ र ‘फूलमाया’ उपन्यास तथा ‘घोडा, इश्वर र मेरा बा’, ‘सम्झनाका कुइनेटाहरु’ आदि निबन्धसङ्ग्रह प्रकाशित छन् । ‘आफ्नै आँखाको लयमा’का लागि उनले पद्मश्री पुरस्कार (२०६८) प्राप्त गरेका छन् ।

  • ‘बाङ्गाटिङ्गा धर्साहरू’ केही छोटा केही लामा संस्मरणात्मक निबन्धको सङ्ग्रह हो । यस सङ्ग्रहमार्फत लेखक आफ्नो मदन पुरस्कार प्राप्त कृति ‘पागल बस्ती’ को पृष्ठभूमिमा पुग्छन्, ‘चुली’को रचनागर्भमा पस्छन्, विज्ञान साहित्यको उडान भर्छन्, आफूलाई प्रत्यक्ष–परोक्ष रूपमा प्रभाव पार्ने भूपी शेरचन, बादल सरकार, धुस्वाँ सायमीहरुसँगको अनुभव पोख्छन्, आफ्नो साहित्यिक यात्राको गोरेटो नाप्छन् र प्रियजनहरूको सम्झनालाई सुमसुम्याउँछन् । पुस्तकमा सङ्गृहीत रचनाले पाठकलाई फरकफरक स्वाद पस्कन्छन्, साहित्यका सबै विधामा हात चलाएका ख्यातिप्राप्त साहित्यकारको रचना प्रक्रिया बुझ्न सघाउँछन् ।
    सरुभक्त कवि, नाटककार र उपन्यासकार हुन् । उनका तीन दजर्नभन्दा बढी पुस्तक प्रकाशित छन् । एक अभिनवको आत्मकथा, पागल बस्ती, समय त्रासदी, तरुनी खेती उनका पूर्वप्रकाशित उपन्यास हुन् । उनले मदन पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।