यस कृतिमा वर्तमान जीवन र यथार्थका सकसहरू कोट्ट्याउने र कोरल्ने खालका अठार कथाहरू सँगालिएका छन् । कथाकार शाहको सरल र सरस तर प्रभावकारी आख्यान रच्ने विशिष्ट शिल्प यस सँगालोका प्रत्येक कथामा विद्यमान छ र यसै वैशिष्ट्यका कारण यो संग्रह नेपाली समसामयिक कथाभण्डारमा एउटा महत्पूर्ण उपलब्धिका रुपमा थपिएको छ ।
महेश विक्रम शाहका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् ।