• गाउँबाट सहर–दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक–राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याइँ र चतु¥याइँ, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ— समकालीन राजनीतिमाझैं उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास ‘एचटूओ’ हो, जसमा ‘एच–हास्य’ दुई र ‘ओ–ओखती’ एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ । सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।


    Hari Bahadur by:  398.00
  • सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु । यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थें, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् । नाच्न पनि को–को आएनन् मेरो मनमा ! मानौं, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो । तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा–अधुरा । आआफ्नो भाग्यको कुरा ।


    Monsoon by:  318.00
  • लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरु सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरुले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक । अढाई दशकदेखि पत्रकारितामा संलग्न हरिबहादुर थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरूद्ध सार्थक कलम चलाउने गर्छन् । उनका भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र र दलीय द्वन्द्व तथा अङ्ग्रेजीमा एनाटोमी अफ करप्सन जस्ता कृति प्रकाशित छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक थापा संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्षसमेत हुन् ।


    Rajgaj by:  488.00
  • अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली ‘पर्फमेन्स पोयट्री’बाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका कवि हुन् । सामाजिक सञ्जालमा संसारभरिबाट उनका कविता लाखौं पटक हेरिएका छन् ।


    Sagarmatha ko Gahirai by:  248.00