पुस्तक अंश : मजाक – FinePrint
पुस्तक अंश : मजाक

 

 

 

किन बस्छ सलिम सिनेमाका पोस्टर टा“सिएका भित्तामुनि ? के त्यो सदरलाइनबाट एकलैनी बजार पस्ने गल्लीतिर मोडि“दा मोडि“दैको दाहिने भित्ता होइन ? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ ?

म हरेक दिन सम्झन्छु सलिमलाई । जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको दराज खोल्छु, पुराना फाइलभित्र थुप्रिएका थरीथरीका कागज या धमिराले खाएका किताबका पानाहरुझैं ती अचानक खस्न थाल्छन् । एक खालको अजीब गन्धले ह्वास्स छोप्छ मलाई । मक्किएका पुराना किताबहरुको गन्ध ।

स्मृतिमा विभिन्न किसिमका बास्नाहरुको अजीब मिश्रण हुन्छ । त्यसैले ती बास्नालाई अनुभूत त गर्न सकिन्छ तर ठ्याक्कै यस्तो हो भनेर अभिव्यक्त गर्न सकिन्न । सकिन्छ, कवितामा सकिन्छ । तर, यतिबेला म कविता कहा“ लेखिरहेको छु र ? यतिखेर म विम्ब र प्रतीकहरुमा कहा“ खेलिरहेको छु र ? सलिमको कुरा गर्दा मसित काव्यमय भाषाको सङ्कट हुन्छ । जब म सलिमको कुरा भन्छु, जीवनका कलाविहीन खस्रा र धमिला सम्झनाहरुको सपाट शब्दचित्रमात्र भन्न सक्छु । सलिमसितको मेरो सम्झना कलाभन्दा धेरै पर तर जीवनभन्दा साह्रै निकटको कुरो हो ।

बादल पनि त हुन् नि स्मृति । त्यसैले दिमागमा थुप्रिएका स्मृति, विषय, प्रसङ्ग, परिवेश र वातावरण अनुसार बादलझैं बत्ति“दै आउ“छन् र मनलाई ह्वात्त एउटा अनौठो खालको संवेगले निथ्रुक्क बनाउ“छन् । वर्षातमा रुझेको लुगालाई जसरी निचोरेर टकटक्याउ“छौं नि, हो त्यसरी नै स्मृतिहरु निचोरिन्छन् र तपतप चुहिन्छन् हाम्रै अस्तित्वको आ“गनमा । यो त्यही आ“गन हो, जहा“ सलिम र म गुल्लीडन्डा खेल्छौं । खोप्पीढुस खेल्छौं । कटिया समातेर माछा मार्छौं । गुलेन चलाएर भ“गेरा मार्छौं ।

हो, त्यसैले सलिम मेरा लागि महङ्खवपूर्ण छ । हेर्दा कति साधारण, कति असहाय देखिन्छ सलिम । तर, कति जब्बर भएर आउ“छ ऊ मेरो स्मृतिमा । उतिबेला मेराअगाडि आउ“दा कि उसको खल्तीमा विभिन्न रङका गुच्चा हुन्थे कि माछा मार्ने बल्छी अर्थात् कटिया । चानचुन पैसाका ढ्याक पनि लिएर आउ“थ्यो ऊ कहिलेकाही“ र भन्थ्यो, ‘आइज यार, खोप्पीढुस खेलौं ।’

तर, जब ऊ स्मृतिमा आउ“छ, ऊ कटिया, गुच्चा या चानचुन पैसामात्र लिएर आउ“दैन । त्यसस“गै लिएर आउ“छ, म हुर्किंदै गरेको समयको तातोपन पनि । स“गै लिएर आउ“छ, मैले खोप्पीढुस खेल्नका निम्ति जमिनमा सानो खोपिल्टो बनाउन कोट्याउ“दै गरेको माटोको गन्ध र कटियामा अल्झेका चिप्ला न चिप्ला गिरही माछाको ताजा गन्ध पनि । हामी पराल बालेर माछा पोल्थ्यौं । माछा र परालको धूवा“को त्यो बास्ना पनि लिएर आउ“छ ऊ । अनि, त मलाई लाग्छ– मेरो अतीतमा या मेरो स्मृतिमा सलिम जति पावरफुल मान्छे अरु कोही छैन । हो यार, मान्नूस् न ! ऊ पावरफुल मान्छे हो । ऊ लेख्न जान्दैनथ्यो, पढ्न पनि जान्दैनथ्यो । तर, उसले मेरो हात समातेर मलाई आफू बा“चेको परिवेशको कथा लेख्न सिकाएको छ । त्यसैले त मैले लेखेका अक्षरहरुबाट पनि अजीब खालको बास्ना आउ“छ । सलिमको शरीरबाट बगिरहेको पसिनाको बास्ना त हो नि त्यो ।

०००

गल्ती गरेछु मैले । सदरलाइन गएर एकपल्ट भए पनि रस्तोगी फोटो स्टुडियोमा मैले सलिमसित उभिएर एउटा फोटो खिच्नुपथ्र्यो । त्यो फोटो भइदिएको भए आज म भन्न सक्थें, उसको हुलिया कस्तो थियो ! कसरी जोडिएका थिए उसका आ“खीभौं एकआपसमा । आ“खीभौं जोडिएकाहरु रिसाहा हुन्छन् रे ! सुनेको थिए“ मैले । तर, सलिम किन कहिल्यै पनि रिसाएन मसित ? त्यसबेला पनि किन रिसाएन ऊ, जब उसले र मैले सुर्खेत रोडको गड्ढामा स“गै कटिया थापेका थियौं । दुई–तीन घन्टामै सलिमले आठ–दसवटा टेंगना र गिरही माछा मारिसकेको थियो । मैले भने पटक–पटक कटियामा गड्यौंलामात्र उनिरहेको थिए“ । एउटा पनि माछा मार्न सकेको थिइन“ । अन्तिममा परेको एउटा माछा पनि कटियाबाट निकाल्ने क्रममा फुत्किएर फेरि गडाहामै खसेको थियो । त्यतिबेला मेरो ताल देखेर मज्जाले हा“सेको थियो सलिम र मैले आवेशमा सलिमको कटिया भा“चिदिएको थिए“ । हो, त्यतिबेला पनि रिसाएन मसित सलिम ।

मेरो स्मृतिमा त्यसैले सधैंै सलिमको ह“सिलो अनुहार आइरहन्छ । ह“सिलो र सुकिलो । हो, उसका लुगा भने कहिल्यै पनि सुकिला भएनन् । उसले एउटाबाहेक अर्को कमिज फेरेको सम्झना छैन मलाई । कमिजको कलरमा जमेको कालो र चिल्लो मयलले पनि उसको सुकिलो व्यक्तित्वलाई मैल्याएको थिएन । मान्छे लुगाले मात्र सफा कहा“ देखि“दो रहेछ र ? लुगाले मात्र मान्छेको नग्नता छोपिने भए सधैंैं ठाउ“ठाउ“मा प्वाल परेको र घरिघरि गुप्ताङ्ग देखिइरहने कट्टु लगाउने सलिम मेरो स्मृतिमा किन नाङ्गो भएर आउ“दैन ? किन अश्लील देखिन्न सलिम ? गरिबीले उसलाई कागतीलाई झैं निचोरे पनि उसको स्मृतिले किन मलाई कहिल्यै पनि अम्लीय अनुभूति गराउ“दैन ?

सलिमको कथा लेखिसकेको छु मैले । निकै वर्षअघि । उलार र लूमा सलिमको उपस्थिति छैन । तर, मलाई थाहा छ— त्यहा“ सलिम नै सलिम छ जताततै । ऊ अलिकति प्रेमललवामा मिसिएको छ र अलिकति कलुवामा पसेको छ । ऊ लूको इलैयामा पनि मिसिएको छ र करिममा पनि घोलिएको छ । ऊ उलार र लूका पानापानामा फेड इन र फेड आउट हु“दै आउ“दै जा“दै गरिरहेको छ । उलार र लूका पानाहरु जबजब पल्टाउ“छु, एउटा पानाबाट फुत्त निस्कन्छ र अर्को पानामा फुत्त पसिहाल्छ सलिम । माछाझैं नदीको एउटा धारबाट उफ्रन्छ र तुरुन्तै अर्को धारमा मिसिन्छ ऊ । कहिलेकाही“ त लाग्छ, सलिम नै त्यो सियो हो, जसले उलार र लूका पानापानालाई गा“सेको छ । आधा अधुरो वस्त्र लगाउने सलिम मेरा लागि जाडोको सुइटर बुन्दै आउ“छ । सम्झनाको न्यानो सुइटर, जसलाई सलिमले अतीतको सलाइमा सम्झनाको गोल्छा या वर्धमान ऊनले फटाफट बुनेको छ ।

यो पुस–माघ कसरी काट्यो होला सलिमले ? उसलाई जाडो भयो कि भएन ? मलाई दिक्क लाग्छ । म किन उसलाई न्यानो सुइटर दिन सक्दिन“ ? किन म उसलाई सधैंैं कठ्या“ग्रिरहेकै स्थितिमा छाडिदिन्छु ? सलिम मेरो अस्तित्वको त्यो हिस्सा हो, जसलाई ढुसी परेर कुहिन दिनुहुन्न भन्ने के थाहा छैन मलाई ?

सलिम नै त हो, मलाई नेपालगन्जका गल्लीगल्ली घुमाउने । करमोहना र परसपुर लैजाने उही त हो मलाई । जोगागाउ“को मेला मैले ऊसितै हेरेको होइन र ? मैले आनो उमेरस“गै हुर्कंदै गरेको नेपालगन्जलाई सलिमकै आ“खाबाट हेरेको त हु“ नि ! ल भैगो, सलिम मेरो आ“खा होइन रे ! तर, मैले मेरो आ“खामा लगाएको दूरबिन त सलिम नै हो । त्यही दूरबिनको सहायताले त मैले देख्न सकेको हु“ नेपालगन्जका दुःखी–गरिबहरुको अनौठो समाज । कति स्वार्थी छु म, जसको कारणले मैले त्यो समाजको कथा लेख्न सकें, त्यो सलिमको नाम मैले आजसम्म सहलेखकका रुपमा पनि उल्लेख गर्न सकिन“ । कति पाखण्डी छु म !

मलाई लाग्छ– हरेक लेखकले लेख्ने उत्कृष्ट किताब उसको पाखण्डको अति उत्तम सिर्जना हो । हरेक सिर्जनास“गै लेखकले एउटा अपराध पनि गर्छ । किनभने, उसले आना सिर्जनाका लागि प्रयोग गर्ने स्मृति र त्यो स्मृतिका बाहकलाई अलिकति पनि जस पाउने मौका दि“दैन । हरेक श्रेय, हरेक पुरस्कार र हरेक वाहवाही ऊ एक्लैले लुट्छ । ऊ आना सिर्जनाहरुको कपिराइटका लागि मरिहत्ते गर्छ । तर, सलिम र सलिमजस्ताहरु कहिल्यै पनि त्यो सिर्जनामा

आनो हिस्सेदारीको दाबी गर्न आउ“दैनन् । गरिबीको राजमार्गमा कुद्ने उनीहरुको पाइला सिर्जनाको आकर्षक महलको नक्कासीदार ढोकासम्म आएर फेरि त्यही राजमार्गतिर फर्किन्छ । सिर्जना र डकैतीमा त्यसैले अलिकति भए पनि कतै न कतै समानता त छ नि ! हरेक लेखक सिर्जनाको जङ्गलमा हालीमुहाली गर्ने औतारी डा“का नै हो क्या ! मान्नूस् न !

मैले आनै स्मृति र त्यसस“ग जोडिएको एउटा कालखण्डलाई फेरि घामकिरीमा उतारें । उलार र लूमा लुकेर बसेको सलिम यसमा जागा भएर आएको छ । दृश्यमा उपस्थित भएको छ ऊ यस पटक । उपन्यासभरि सलिम छ । सलिमको स्मृति छ । सलिमले उब्जाइदिएको सपनाको फसलको कटाइ र छटाइ“ त छ नि घामकिरीमा ।

तर, सलिमलाई उलार र लूमा आफू कहा“ छु भन्ने पनि थाहा छैन । घामकिरीका पानाहरुमा कहा“कहा“ उसको कथा भनेको छु भन्ने पनि थाहा छैन उसलाई । यतिबेला पनि ऊ के एकलैनीको त्यही मोडमा जुत्ता पालिस गर्दै बसेको होला कि नेपालगन्ज छाडेर कतै अन्तै बसाइ सरिसक्यो ?

निकै वर्षअघि एकलैनीको त्यही मोडमा देखेको थिए“ मैले । मलाई चिनेन उसले । मैले आनो घरेलु नाम भनें । त्यसपछि उसको अनुहारका त्वचा र नसा धेरै पटक खुम्चिने र फैलिने गरिरहे । निकैबेरपछि मात्र उसले चिनेको थियो र भनेको थियो, ‘अच्छा, तो वही राजु बाबु होव तुम ?’

साथी नै त थिए“, म उसको । त्यसैले ‘राजु’ भनेर बोलाउ“थ्यो सानोमा ऊ मलाई । तर, धेरै वर्षको अन्तरालमा म उसका लागि ‘राजु बाबु’ पो भइसकेको रहेछु । मैले त्यतिखेर बुझिन“, त्यो मेरो हैसियत बढेको सूचना थियो या मित्रताको आदिम किताबमा धमिरा लागेको सङ्केत थियो ? के सलिमसितको मेरो सम्बन्ध बिस्तारै बिस्तारै मक्कि“दै गइरहेको हो ?

त्यसपछि फेरि केही वर्षको अन्तरालमा नेपालगन्ज जा“दा मैले सलिमलाई देखिन“ । सलिमहरुको बस्ती पनि देखिन“ । मानौं एउटा बालकले पेन्सिलले बनाएको चित्र थियो उसको त्यो बस्ती, जसलाई उसको कुनै साथीले इरेजरले मेटिदिएको थियो । जसरी हराएको थियो प्रेमललवाको घर र टा“गा उलारमा, त्यसरी नै सर्लक्क हराएको थियो यस पटक सलिमको बस्ती । म किन रुन सकिन“ त्यतिबेला ? के समयले परिपक्व बनाएको थियो मलाई ? या मेरा आ“खाभित्र सुकिसकेका थिए नुनिला र ताता आ“सुहरु ? आनो आ“खाको पानी सुकाएर के आना रचनामार्फत म मेरा पाठकलाई रुवाउने नौटङ्की गरिरहेको छु ? यदि यो विडम्बना हो भने म, यो पङ्क्तिको लेखक हजारहजार विडम्बनाको चलायमान दस्तावेज हु“ । नपढ्नूस् मलाई । इग्नोर मि !

तर, म सलिमलाई ‘इग्नोर’ गर्न सक्दिन“ । ऊ आइरहन्छ मेरो स्मृतिमा । ऊ आउ“दा उसले आनो काखीमै च्यापेर ल्याउ“छ, मैले लेख्नैपर्ने कथाहरुको पाण्डुलिपि । त्यही पाण्डुलिपि म टाइप गर्छु र आनो नामको आख्यान बनाएर छाप्छु । सलिमले फेरि पनि माग्दैन मसित सहलेखकको हैसियत । उसले रोयल्टी पनि माग्दैन । कपिराइटको दाबी पनि गर्दैन । ऊ उसरी नै हा“सिरहन्छ, जसरी हा“सेको थियो मेरो कटियाबाट फुत्केको माछालाई देखेर ।

म आज पनि अलमलिन्छु, सलिम मेरो साथी हो या मसम्म कथाका पाण्डुलिपि बोकेर आउने हुलाकी ? म अलमलमै छु, यो सलिमको पहिचानको सङ्कट हो या म आफैं गुमाउ“दै छु आनो पहिचान ? कि, म क्रमशः ‘राजु’बाट बन्दै गइरहेको छु ‘राजु बाबु’ ?

आममान्छेहरुको बीचबाट निस्किएर खास मान्छे बन्नु जति खतरनाक कुरा एउटा लेखकका लागि के नै हुन सक्छ ?

ए मेरो समयका प्रिय लेखकहरु, के हामी सबै त्यही खतरामा त छैनौं ?

प्रश्न छ, ठूलो प्रश्न । प्रश्न एकचोटि उभिएपछि उभियो, उभियो । यो धरहराजस्तो ढल्दैन कहिल्यै । मलाई डर लाग्छ कहिलेकाही“, हामी कतै आफैंले सिर्जना गरेका प्रश्नको पर्खालभित्र कैदमा त परिरहेका छैनौं ?

०००

सलिमको अनौठो बानी थियो । ऊ कहिलेकाही“ जनावरसित बोल्थ्यो । जनावरसित दोहोरो संवाद भएझैं गथ्र्यो । म उसको टोलमा पुग्दा ऊ कहिलेकाही“ वरिपरि भुस्याहा कुकुर भेला पारेर बसिरहेको हुन्थ्यो । उसले ती सबै कुकुरको नाम राखेको थियो । कसैको अभिताभ बच्चन, कसैको धर्मेन्द्र, कसैको हेमामालिनी, कसैको जीनत अमान र परवीन बाबी । ऊ तिनीहरुसित सिनेमाका कुरा गथ्र्यो, सिनेमामा तिनीहरुको भूमिका र अभिनयको कुरा गथ्र्यो । मैले सोध्दा भन्थ्यो, ‘मजाक गरेको यार !’

तर, नियति, समय अनि परिस्थिति सबैसबै कुराले सलिम र सलिमजस्ता बस्तीबाट हराउ“दै गरेका मान्छे आफैं एउटा ‘मजाक’ अर्थात् एउटा क्रूर ठट्टा बनिरहेका छन् अझै पनि । र म, लेखक भइटोपलेको एउटा पाखण्डी पुरुष, सलिमकै कथा लेखेर उसको भागको रोयल्टी पचाइरहेछु । यो भन्दा भद्दा ‘मजाक’ अरु के होला ?

स्मृतिमै सही । जबजब सलिम र मेरो जम्काभेट हुन्छ । मजाक भइरहन्छ । म उसको हातमा कहिले उलार, कहिले लू र कहिले घामकिरीका पुस्तक राखिदिन्छु ।

ऊ सोध्छ, ‘कहानी लेखेको बे ?’

म जवाफ दिन्छु, ‘यार ! लेखेको हैन । बस्, मजाक गरेको ।’

सलिम फेरि पनि हा“सिरहन्छ । ठीक त्यसरी नै, जसरी ऊ हा“सेको थियो भर्खर समातेको माछा मेरो हातबाट फुत्क“दा ।